उपभोक्ता संरक्षण समितिलाई पाँच लाख हस्तान्तरण

समाचार

12/25/2018

विराटनगर, १० पुस । समाजसेवी रेखबहादुर भट्टराई र गङ्गादेवी भट्टराईले रु पाँच लाखको चेक विराटनगर महानगरपालिका–३ स्थित आदर्श उपभोक्ता संरक्षण समितिलाई आज हस्तान्तरण गरेका छन् ।

सो रकम अक्षयकोषमा राखी आर्जित ब्याजबाट विभिन्न विधाका बहुआयामिक प्रतिभालाई सम्मान गरिने उद्देश्य छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ