विराटनगर, २२ पुस । राष्ट्रिय जनगणना –२०७८ लाई विश्वसनीय बनाउन प्रदेश र स्थानीय तहको भूमिका महत्वपूर्ण रहने औँल्याइएको छ ।
‘मेरो गणना मेरो सहभागिता नारा’ का साथ तथ्याङ्क कार्यालय मोरङद्धारा आयोजित कार्यक्रमका सहभागीले पालिकाको गणनामा स्थानीय जनशक्ति प्रयोग गर्न सुझाव दिएका थिए ।
जनगणना आगामी २०७८ जेठ २५ देखि असार ८ सम्म हुँदैछ । कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले राज्यको साधनस्रोतको समुचित बाँडफाँडमा यसले सहयोग पु¥याउने चर्चा गर्दै गणना पूर्वअभ्यास गर्नुपर्नेमा जोड दिए ।
कार्यालयका प्रमुख अशोकुमार भट्टराईले विदेशमा बस्नेको अनलाइन सूचना संकलन गर्नुका साथै ट्याब प्रयोग गरी सोही र विश्वासिलो गणना गर्ने विश्वास दिलाए । मोरङ जिल्लामा एक हजार ५०० गणकले जनगणना सङ्कलन गर्नेछन् ।
तपाईको प्रतिक्रिया