रोजगारी उपलब्ध गराउने सम्झौता

समाचार

2/6/2020

विराटनगर, २३ माघ । मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगमा १ हजार ४० जनालाई तालिमसहित रोजगारी दिइने भएको छ ।

उद्योग वाणिज्य महासंघ प्रदेश १ को समन्वयमा सुनसरी–मोरङका उद्योगमा तालिम सहितको रोजगारी उपलब्ध गराउन लागिएको हो ।

ग्रामिण उद्योग तथा बिप्रेषण आयोजना, समृद्धि हेल्भेटास र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को संयुक्त आयोजनामा भएको एक कार्यक्रमका विच तालिम दिइ दक्ष बनाएर रोजगार उपलब्ध गराउने बारेको सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उद्योगलाई चाहिने दक्ष जशक्ति उत्पादन गरी रोजगारी दिने सम्झौतामा ग्रामिण उद्यम तथा विप्रेशण आयोजना (सम्वृद्धि)का आयोजना प्रबन्धक सरोजप्रसाद गुरागाईं र उद्योग वाणिज्य महासंघका तर्फबाट कार्यकारी निर्देशक राधारमण भण्डारीले हस्ताक्षर गरे ।

कार्यस्थलमै तालिम दिई दक्ष जनशक्ति उत्पादन गरी उनीहरुलाई विभिन्न ६ उद्योगले रोजगारी दिने कार्यकारी निर्देशक भण्डारीको भनाई छ । उद्योगको माग अनुसारको दक्ष जनशक्ति अभाव भएपछि सम्मृद्धि र हेल्भेटासको प्राविधिक सहयोगमा रोजगारीको सुनिश्चितासहित तालिम आयोजना गरिने भण्डारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ