उपसचिव केसी चढेको जीपमा ढुङ्घा प्रहार

समाचार

10/1/2018

धनगढी, १४ असोज । कञ्चनपुरकी निर्मला पन्त हत्या घटनाका छानबिन गर्न सरकारले गठन गरेको छानबिन समितिका सदस्य एवं उप सचिव वीरेन्द्र केसी चढेको जीपमा ढुङ्गा प्रहार गरेको छ ।

धनगढी विमानस्थालवाट बजारतर्फ आउँदै गरेको केसी सवार बा१झ ९७०३ नं. को सरकारी जीपमा बन्दकर्ताले बोराडाँडी सडकखण्डमा दिउँसो ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।

केसी सुदूरपश्चिम प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत छन् । ढुङ्गा प्रहारबाट केसी सवार जीपको पछाडिको भागको सिसामा क्षति पुगेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ