काठमाडौं, ६ माघ । प्रतिनिधिसभाका उपसभामुख डा.शिवमाया तुम्वाहाम्फेले राजीनामा दिएकी छन् ।
उपसभामुख तुम्वाहाम्फेले सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आफूले राजीनामा गरेको घोषणा गरेकी छन् ।
सभामुख चयनको ठोस आधार तय भएपछि आफूले मार्गप्रशस्त गर्ने भनेर आफूले राख्दै आएका मान्यता सम्मानित सदन समक्ष अभिलेखित गराउन चाहेको बताएकी हुन् ।
समावेशी लोकतन्त्र संवैधानिक व्यवस्थाको महत्वपूर्ण विशेषता भएको भन्दै उनले राज्यका उच्च ओहदाहरुमा समाजका सबै अंगहरुको प्रतिबिम्ब झल्कन सक्यो भने मात्रै वास्तविक अर्थमा लोकतन्त्र सुदृढ हुनसक्छ भन्ने यथार्थसँग संविधान निर्माणमा अगुवाई गरेका राजनीतिक दल र नेतृत्व सहमत हुने आश व्यक्त गरिन् ।
तपाईको प्रतिक्रिया