काठमाडौं, २४ फागुन । प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा देश विदेशमा बस्ने नेपाली महिलाहरुलाई शुभकामना व्यक्त गरेका छन् ।
उपसभामुख डा. तुम्बाहाङ्फे र राष्ट्रिय सभाका उपाध्यक्ष दाहालले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै आम नारीहरुको सुख, समृद्धि र प्रगतिको कामना गरेका छन् ।
“लैंगिक समानताका लागि समान सोच र व्यवहार ः समृद्धिको आधार” नारासहित शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ ।
तपाईको प्रतिक्रिया