काठमाडौं, १२ मंसिर । भारतीय दूतावास काठमाडौंले विश्व विख्यात तबला संगीतज्ञ पद्म भूषण उस्ताद जाकिर हुसेनको सांगीतिक कार्यक्रम दूतावास परिसरमा सम्पन्न भएको छ ।
सो कार्यक्रम सूर्य नेपाल, नेपाल एसबीआई, जेट एयरवेज तथा रेडिसन होटेलसँगको सहकार्यमा भएको हो ।
राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यकार, संचारकर्मी तथा विद्यार्थी लगायत विभिन्न पेशका झण्डै १००० भन्दा बढी व्यक्तिहरुले सो कार्यक्रको आनन्द लिएका थिए ।
कार्यक्रममा तबला उस्ताद जाकिर हुसेनको साथमा आनन्द कृष्णन् (मृदंगम्), साबिर खान (सारंगी), नविन शर्मा (ढोलक) तथा मुजीब ददरकर (साउण्ड इन्जिनियर) थिए ।
उस्ताद जाकिर हुसेन सांगीतिक क्षेत्रका विश्व प्रसिद्ध व्यक्तित्व हुन् । उनको सांगीतिक समूहले यस सांगीतिक प्रस्तुतिलाई साँच्चै नै अविस्मरणीय बनाएको छ ।
उनले आफ्नो कुद्रती आधुनिक तथा शास्त्रीय तबला बादन मार्फत समस्त दर्शकलाई मन्त्रमुग्ध बनाए र उनको यो प्रस्तुतिलाई काठमाडौँले लामो समय सम्म सम्झी सहनेछ ।
भारत–नेपाल कूटनीतिक सम्बन्धको ७० वर्ष मनाउन तथा दुवै देशको साझा सांगीतिक विरासतलाई बरकरार रख्न उस्ताद जाकिर हुसेनसँगको सांगीतिक कार्यक्रम १७ वर्षको लामो अन्तराल पछि आयोजना भएको छ ।
तपाईको प्रतिक्रिया