चन्दनकुमार यादव, राजविराज, १३ मंसिर । सप्तरीमा किशोरी क्रिकेट उत्पादनसँगै बिकास गर्ने उद्देश्यले सुरूंगा र खडगमा एकमहिने किशोरी क्रिकेट प्रशिक्षण सूरू गरेको छ ।
खडग नगरपालीका वडा नम्वर ७ स्थित कल्याणपुरको खेल मैदानमा १ किशोरी क्रिकेट प्रशिक्षण कार्यक्रम सुरू गरेको हो । सुरूंगा नगरपालिका तथा खडगा नगरपालीकाको संयोजनामा तथा सबल नेपाल र सेभद चिल्ड्रेन को साझेदारीमा यस क्षेत्रमा किक्रेट को बिकास लाई उकासने उदेश्यले प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।
राष्टिय तथा अन्तर्राष्टिय प्रतियोगितामा सहभागी गराउने उदेश्यले महिला किक्रेट उत्पादन गर्ने लक्ष्य सँगै सप्तरी टिम वर्षौंदेखि बन्न नसकेकोले सप्तरी टिम बनाई प्रतियोगितामा सहभागिता गराउने उदेश्य रहेको सप्तरी क्रिकेट सँघका सचिव आयुष श्रेष्ठले बताए ।
सो अवसरमा नेपाल क्रिकेट संघका राष्टिय प्रशिक्षक जगत टमाटाले एक कार्यक्रम बिच १ महिने किसोरी क्रिकेट प्रशिक्षण को उदघाटन गर्ने छ । राष्टिय प्रशिक्षक टमाटाले खडग र सुरूगां नगरपालीका का १ सय २५ जना किसोरीलाई प्रशिक्षण दिनेछ ।
तपाईको प्रतिक्रिया