कैलाली, २ फागुन । कैलालीको धनगढीमा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१५ का २२ वर्षीय बिछोड चौधरी रहेका छन् ।
धनगढी उपमहानगरपालिका–१ वसन्त टोलमा घर निर्माणको काम गरिरहेका बेला अचानक करेन्ट लाग्दा उनी घाइते भएका थिए ।
करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
तपाईको प्रतिक्रिया