एकैपटक तीन छोरी र एक छोरा

समाचार

4/24/2019

वीरगन्ज, १० बैशाख । एक महिलाले एकै पटक तीन छोरी र एक छोराको जन्म दिएकी छन् ।

पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–४ जयमंगलापुरकी नाजमा खातुनले मंगलबार एकै पटक चार सन्तानको जन्म दिएकी हुन् ।

वीरगन्ज हेल्थ केयर हस्पिटलमा नाजमाले तीन छोरी र एक छोरा जन्माएकी हुन् । ७ महिनामै जन्मिएका ४ मध्ये २ को अवस्था गम्भीर रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ