कपिलबस्तु, ११ फागुन । कपिलवस्तुमा एक लाख रकमसहित बिद्यालय ब्यबस्थापन समितिका सदस्य पक्राउ परेका छन् ।
शनिवार विहान १० बजे तिर कपिलबस्तु नगरपालिका १ स्थित मालटोलमा एक लाख रुपैयाँ लिइरहेको अवस्थामा जिल्लाको यशोधरा गाउपालिका, ३ बसन्तपुर स्थित श्री कृष्ण धार्मिक माबिका सदस्य बिजयनाथ चौवेलाई पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले शिक्षक नियुक्त गरिदिने भन्दै १ लाख रुपैयाँ लिएको र आयोगले पूर्व सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।
उनलाई अख्तियारले आफ्नो नियन्त्रणमा लिई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारवाही प्रक्रिया अगाडी बढाउने तयारी भइरहेको अख्तियार दुरुपयोग आयोगको बुटवल कार्यालयका प्रहरी निरिक्षक रिसिराज ढकालले बताए ।
तपाईको प्रतिक्रिया