रुपन्देही, १३ मंसिर । जलविद्युत् क्षेत्रमा जडान गरिने समानको उत्पादन, जडान र मर्मतको काम गर्ने नेपालको एकमात्र उद्योग नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड (एनएचइ) मा कार्यरत मजदूर तथा कर्मचारीको आन्दोलनले उद्योग करीब एक सातादेखि ठप्प भएको छ ।
उक्त उद्योगमा कार्यरत मजदूरले गत असार ३१ गते व्यवस्थापन पक्षसमक्ष राखेका विभिन्न सात सूत्रीय मागका विषयमा व्यवस्थापन पक्षबाट व्यवास्ता गरिएपछि श्रम ऐनबमोजिम आन्दोलनमा उत्रनु परेको संयुक्त उद्योग ट्रेड युनियन नेपाल एनएचइ लि बुटवलका अध्यक्ष अमितबहादुर आचार्यले जानकारी दिए ।
उद्योगका मजदूर तथा कर्मचारीले गत असार २५ गते व्यवस्थापनसमक्ष कर्मचारीले खाइपाइ आएको आधार तलबमा रु पाँच हजार र महङ्गी भत्तामा रु तीन हजार ५०० समानरुपले वृद्धि गरिनुपर्ने, कम्पनीले उपलब्ध गराएको महङ्गी भत्ताबाहेकका अन्य शीर्षकमा खाइपाइ आएका भत्ता शतप्रतिशत वृद्धि गरिनुपर्ने, कम्पनीभित्र चमेनागृहको व्यवस्था हुनुपर्ने, कर्मचारीलाई आवासको व्यवस्था, सम्पूर्ण मजदूर तथा कर्मचारीलाई कम्पनीको शेयर सहुलियत दरमा उपलब्ध हुनुपर्ने र अफिसियल पोशाकको व्यवस्था गरिनुपर्नेलगायतका माग रहेका छन् ।
तपाईको प्रतिक्रिया