बारा, १७ कार्तिक । जितपुर सिमरा उपमहानगरपालिका–२१ फतेपुर बस्ने २४ वर्षीय विकेशकुमार सिंहलाई अवैध लागूऔषध गाँजा करिब १ सय ७ केजी सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही उपमहानगरपालिका–२१ अमलेखगंजमा हेटौँडाबाट वीरगंजतर्फ आउँदै गरेको ना.४ च ३८७५ नम्बरको गाडी जाँच गर्ने क्रममा तरकारी राख्ने प्लास्टिकको क्रेटभित्र लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी चालक सिंहलाई ईलाका प्रहरी कार्यालय अमलेखगंजको प्रहरीले पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया