युएनसीडीएफको ‘एग्रिटेक’

समाचार

5/9/2019

काठमाडौं, २६ बैशाख । संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष (यूएनसीडीएफ) ले नेपालमा कृषि क्षेत्रमा प्रविधि उपयोग अघि बढाउन ‘एग्रिटेक’ नवप्रवर्तन कार्यक्रम सुरु गरेको छ ।

एग्रिटेक नेक्स भेन्चर कर्प र आइडिया फर स्केलसँगको सहकार्यमा सुरु गरिएको हो । यो कार्यक्रमले कृषि क्षेत्रमा देखिएको प्रविधिक खाडल पुरा गर्दै कृषिका नवउद्यमी र स्टार्ट अप्समार्फत साना किसान र कृषिमा काम गर्ने निजी कम्पनीलाई सहयोग गर्नेछ ।

कृषिको माग र आपुर्तीमा काम गर्ने यूएनसीडीएफले जनाएको छ । नेपालमा साना किसानले भोगिरहेका वित्तीय पहुँचको अभाव, उच्च गुणस्तरीय कृषि औजार र प्रविधि, सूचनाको अभावजस्ता चूनौतीहरु सम्बोधन गर्नेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ