दिल्लीमा ‘कुमारी एन्ड द बिस्ट’ मञ्चित

समाचार

2/21/2020

काठमाडौं, ९ फागुन । भारतको राजधानी नयाँदिल्लीस्थित नेसनल स्कुल ड्रामा (एनएसडी) को चर्चित नाट्यघरमा नेपाली कला र संस्कृतिमा आधारित नाटक ‘कुमारी एन्ड द बिस्ट’ मञ्चन गरियो ।

निर्देशक कविता श्रीनिवासनको निर्देशनमा उक्त नाटक मञ्चन भएको हो । नाटकमा सबै नेपाली कलाकारहरु थिए । यसैगरी, दिल्लीकै गोविन्दपुरीमा आयोजित इन्डिया आर्ट फेयरमा नेपालकै मिथिला कलाको प्रदर्शन भएको छ ।

मेलामा नेपाली कला–संस्कृतिको प्रदर्शन गर्ने मौका पाएका थिए । नेपालका तर्फबाट कलाकार उमाशंकर शाह सहभागी थिए । उनको मिथिला कलामा आधारित बनाएको इचिङ विधिमा आधारित चित्रकला प्रदर्शनीमा राखिएको थियो ।

भारतमा हुने प्रदर्शनीमा नेपाली कलाकारको उपस्थिति बढाउँदै जाँदा यसले मुलुककै समग्र कलाक्षेत्रको विकासमा टेवा पुग्ने कलाकार शाहको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ