एपीएफ टोलीद्वारा उद्धार तथा राहत कार्य

समाचार

4/3/2019

बारा, २० चैत । बारा जिल्लाको फेटा गाँउपालिका ६ स्थित पुरैनिया गाउँमा भिषण हावाहुरीबाट भएको क्षतिग्रस्त स्थानमा एपीएफ टोली उद्धार तथा राहत कार्यमा सकृयताका साथ जुटेको छ ।

एपीएफ टोलीले मंगलबार त्यसठाउँमा करीब ५० वटा पाल टाँगेर पीडितहरुका लागि अस्थायी बसोबासको व्यवस्था समेत मिलाएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा चितवन नम्बर १७ गणबाट १ सय ५० थान टेण्ट र त्रिपाल एक सय थानसहित उक्त स्थानमा खटिएको एपीएफ टोलीले पीडित स्थानीय बासिन्दाहरुको लागि अस्थाई बसोबासको व्यवस्था मिलाएको हो ।

सो ईलाकामा राहत बितरण तथा उद्धार कार्यमा खटिएको एपीएफ टोली उद्धार लगायत टेण्ट तथा त्रिपाल बितरण कार्यमा सकृयताका साथ जुटिरहेको छ ।

उद्धार तथा राहत कार्यमा सो गणको एपीएफ टोलीसँगै सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा बारा नम्बर १२ गण तथा विभिन्न एपीएफ एकाईबाट खटिएको टोली सकृयताका साथ जुटेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ