एपीएफ टोलीद्वारा २ सय ९९ टेण्ट लगाउनुका साथै १ सय ६८ वटा त्रिपाल बितरण

समाचार

4/5/2019

बारा, २१ चैत । भीषण हावाहुरीबाट पीडित बारा जिल्लाको फेटा गाँउपालिकास्थित विभिन्न ठाउँका पीडित परिवारलाई तत्काल बस्ने व्यवस्थाका लागि एपीएफ टोलीले त्यस ठाउँमा २ सय ९९ वटा टेण्ट लगाउनुका साथै १ सय ६८ वटा त्रिपाल बितरण गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा बारा नम्बर १२ गणबाट खटिएको एपीएफ टोलीले सो गाँउपालिकाको विभिन्न ठाउँमा टेण्ट लगाउनुका साथै त्रिपाल बितरण गरेर पीडित परिवारलाई अस्थाई बसोबासको व्यवस्था मिलाएको हो ।

त्यसठाउँमा भिषण हावाहुरीबाट क्षति पुगे लगत्तै एपीएफ टोली उद्धार तथा राहत कार्यमा सकृयताका साथ जुटेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ