ललितपुर, २२ माघ । युवा चित्रकार अजय देशारको एकल चित्रकला प्रदर्शनी “एलौरिङ डिभाइन” प्रदर्शनीमा आएको छ ।
पाटन संग्राहलय तथा योङ पिकासोद्धारा संयुक्त रुपमा आयोजित उक्त प्रदर्शनीको एक कार्यक्रमकाविच पाटन संग्राहलयमा उद्घाटन भएको हो ।
प्रदेश ३ का सांसद चेतनाथ सञ्जेल, नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोशी, पर्यटन बोर्डका बोर्ड सदस्य कृष्ण अर्याल तथा पाटन संग्राहलयका कार्यकारी प्रमुख सन्दिप खनालले क्यानभासमा चित्र कोरी प्रदर्शनीको उद्घाटन गरेका हुन् ।
संस्कृतिसँग सम्बन्धित हालसम्म चित्रमा नउतारिएका विषयलाई चित्रकार देशारले आफ्ना चित्रको मुख्य विषयबस्तु बनाएका छन् ।
दुइ दशकदेखी चित्रकलामा सक्रिय चित्रकार देशारको आठौं एकल प्रदर्शनीको रुपमा यो प्रदर्शनी रहेको छ ।
कार्यक्रममा सम्बोधन गर्दै प्रदेश ३ का सांसद चेतनाथ सञ्जेलले नीतिगत सुधारका लागि कलाकारहरुले राजनीतिक ब्यक्तिहरुलाई समेत बुझाउनुपर्ने बताए । कलाको विकासको लागि आफु सधै सहयोगी भूमिका निर्वाह गर्ने सञ्जेलले प्रतिवद्धता ब्यक्त गरे ।
तपाईको प्रतिक्रिया