एसईई परीक्षा प्रकरणः प्रदेश २ मा सिआइबीले अनुसन्धान गर्ने

समाचार

3/29/2019

काठमाडौं, १५ चैत । एसईई परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठकले आजै मुलुकभर पठाएका प्रश्नपत्र रुजु गर्ने निर्णय गरेको छ ।


मुलुकभरका १ हजार ९ सय ६९ वटै परीक्षा केन्द्रका लागि पठाएका प्रश्नपत्र जिल्ला परीक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वा उसले तोकेको अधिकारीको रहोबरमा जाँच गर्ने निर्णय गरेको हो ।

देशभरका सबै परीक्षा केन्द्रका लागि पठाएका प्रश्नपत्र नजिकको प्रहरी चौकीमा राखिएका छन् । परीक्षाको सुरक्षा व्यवस्थापनका लागि शिक्षा सचिवको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति रहने व्यवस्था छ।शिक्षामन्त्री गिरिाजमणि पोखरेलको निर्देशनमा शुक्रबार दिउँसो बैठक बसेक हो ।

यसैबीच प्रदेश २ मा बिहीबार र शुक्रबार प्रश्नपत्र बाहिरिएको बारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले अनुसन्धान गर्ने भएको छ ।

सामाजिक सञ्जालबाट बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको भेटिएपछि सिआइबीको टोली पठाएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ