वीरगन्ज, २२ माघ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले ऐतिहासिक मठमन्दिरहरुको संरक्षण गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
वीरगन्जको रानीघाटमा रहेको श्रीराम जानकी मन्दिर परिसरमा निर्माण भएको हनुमान मन्दिरको उद्घाटन गर्दै नगर प्रमुख सरावगीले यस्तो धारण व्यक्त गरेका हुन् ।
उनले ऐतिहासिक रुपमा रहेको वीरगन्जको रानीघाटको सार्वजनिक जग्गा तथा रामजानकी मन्दिर परिसरमा रहेको जग्गामा योजना बनाएर विकास गरिने धारणा व्यक्त गरे ।
भूमाफियाहरुको कारण सार्वजनिक जग्गाहरु मासिदै गएकोले स्थानीय निकायको निर्वाचन पछि आफूहरुले सार्वजनिक जग्गाहरुको संरक्षण तथा सम्बद्र्धनका लागि विभिन्न योजनाहरु सुरु गरको बताए ।
रामजानकी मन्दिर संरक्षण सम्बद्र्धन समितिको सक्रियतामा वीरगन्ज महानगरपालिका, वडा समिति तथा स्थानीयहरुको आर्थिक सहयोगमा लगभग ३ लाखको लागतमा निर्माण भएको हनुमान मन्दिरको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष प्रद्युमन सेढाइ, संरक्षण समितिका अध्यक्ष तारा राउत कुर्मी लगयत विभिन्न दलका स्थानीय नेताहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया