औषधि कारखानामा आगलागी हुँदा १० लाखको क्षति

समाचार

5/26/2019

बारा, ११ जेठ । जितपुर सिमरा उपमाहनगरपालिका ९ छातापिपरास्थित निर्माणाधिन अवस्थामा रहेको एभरेष्ट एरेण्टल प्रालिमा (औषधी कारखाना) शुक्रबार दिउँसो करेन्ट सर्ट भई आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबासी र दमकलको सहयोगमा प्रहरीले सबै स्थानको आगो नियन्त्रणमा लिएको छ । साथै आगलागीका घटना हुन नदिन नेपाल प्रहरीले समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विशेष सचेतनामूलक कार्यक्रम संचालन गरी आगलागीबाट बच्ने उपायबारे जानकारी समेत गराएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ