‘औषधि खरीदमा अनियमिता भएको छैन’

समाचार

6/18/2019

रौतहट, २ असार । राजदेवी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत संजय पाण्डेय र नगरपालिकाको स्वास्थ्य संयोजक उमाकान्त झाले औषधि खरीदमा कुनै किसिमको गडबडी नभएको दावी गरेका छन् ।

नगरपालिकका उपप्रमुख अंशु सिंहले आर्थिक वर्ष २०७५÷०७६ का लागि खरीद भएको ६३ किसिमका औषधि मध्ये ९ किसिमको औषधि अपुग रहेको तथा खरीदमा व्यापक अनियमिता भएको भनी दिएको अभिव्यक्तिको आधारमा केहि विद्युतीय संचारमाध्यम तथा सामाजिक संजालमा समाचार आएपछि प्रमुख पाण्डेय र स्वास्थ्य संयोजक झाले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै आधारहीन तथ्यविहीन समाचारको खण्डन गरेका हुन् ।

जारी गरिएको विज्ञप्तिमा भनिएको छ २० लाखको टेण्डर सार्वजनिक सूचना अनुसार प्रतिस्पर्धा मार्फत सबैभन्दा कम मूल्य ७ लाख ३८ हजार १ सयमा औषधि आपूर्ति गर्ने भनी न्यू पशुपति मेडिकल हल चन्द्रपुरले कबोल गरी निर्धारित मापदण्ड अनुसार ६३ किसिमका औषधि दाखिला गरेको छ ।

नगरपालिकामा भण्डारण गर्ने ठाउँको अभाव भएको कारण २ वटा कोठामा छुट्टाछुट्टै भण्डारण गरी राखिएकोमा एक ठाउँमा राखिएको औषधि गिन्ती गरी ९ किसिमको औषधि राखिएको ठाउँमा नगई नगरपालिकालाई बदनाम गर्ने उद्देश्यले गलत भ्रामक प्रचार गरिएको ठहर गरेका छन् ।

२० लाखमा खरीद गर्नुपर्ने औषधि ८ लाखमै आपूर्ति हुँदा नगरपालिकालाई फाइदा नै भएको जिकिर निमित्त प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले गरेका छन् ।

न्यून रकममा टेण्डर लिएकोले अनियमिता हुने ठाउँ नै नभएको टिपण्णी गरे । नेपाल सरकारले सर्व साधारणलाइ निशुल्क उपलब्ध गराउने औषधि दाखिला भएको स्वास्थ्य संयोजक झाले बताए ।

उनले भने औषधिमा कुनै किसिम अनियमिता भएको छैन भ्रामक प्रचार मात्रै गरिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ