चितवन, १९ माघ । कंकाली माध्यमिक विद्यालयको स्वर्णमहोत्सवको तेश्रो दिन शनिबार बृहत खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा ६ जना महिलासहित ६२ जनाले रक्तदान गरेका छन् । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
सोहि अवसरमा पूर्व स्वयम्सेवक शिक्षकहरु गिरीराज डल्लाकोटी, चिरन मास्की, तारा नेपाल, मुकेश दराई, प्रताप शर्मा, पूर्व खेलकुद शिक्षक धनबहादुर दराई, पूर्व सहयोगी कार्यकर्ता राधिका तिमिल्सीना, पूर्व कर्मचारी प्रेम प्रसाद कोइराला एवं पूर्व कार्यालय सहयोगीहरु स्व. बनियाँ महतो, देवेन्द्र तिमिल्सीना, तारा घिमिरे तथा पूर्व चौकीदारहरु भुसाही दराई, खुदलाल उपाध्याय, वीरसिंह दमाई लगायतलाई विद्यालयले सम्मान गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि ज्ञानशाली न्यौपाने, नेपाल रेडक्रस सोसाइटी चैनपुर शाखाका सभापति चन्द्रकान्ता न्यौपाने, वडाध्यक्ष भूमि प्रसाद कँडेल, रामहरि खकुराल, गिरीराज डल्लाकोटी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
स्वर्णमहोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको श्रोतकेन्द्र स्तरीय भलिबल प्रतियोगितामा डेजी आवासीय मावि प्रथम र आयोजक विद्यालय कंकाली मावि द्वितीय भएका छन् । विजेता विद्यालयका खेलाडीहरुलाई माघ २१ गतेका दिन खैरहनी नगरपालिकाका नगरप्रमुखले पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको खेलकुद संयोजक कंचन चौधरीले जानकारी दिएका छन् ।
आज भएको विविध साँस्कृतिक कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थीहरु गायक संजय चौधरी र मनोज महतोको जोडदार प्रस्तुति रहेको थियो । भोलिको साँस्कृतिक कार्यक्रममा गायक जुना डिसी, जिबी सुनार र पर्सा डान्स सेन्टरको प्रस्तुति रहनेछ ।
तपाईको प्रतिक्रिया