महोत्तरी, ९ फागुन । प्रदेश २ को महोत्तरी तथा सिरहा जिल्लाको ग्रामीण विद्यालयहरुमा कक्षा १० मै पुग्न दलित विद्यार्थीलाई समस्या भइरहेको देखिएको छ ।
महोत्तरीको एकडारा गाउँपालिका ६ स्थित श्री जनता माध्यमिक विद्यालय कोल्हुवा वगेयामा प्राविधिकतर्फ कक्षा १० मा एकजना पनि दलित समूदाय विद्यार्थी छैनन् । त्यस विद्यालयमा १२ सय १८ विद्यार्थीमध्ये दलित समूदायका एक तिहाई छात्राछात्रा रहेकोमा प्राविधिकतर्फ कक्षा ९ मा तीन तथा कक्षा १ मा एक जना मात्र छन् ।
शिक्षक महेन्द्र ठाकुरका अनुसार जनजाति तथा मुस्लिम छात्राछात्राको संख्या एक तिहाई तथा अन्य समूदायबाट एकतिहाई छात्रछात्रा त्यस विद्यालयमा अध्ययनरत छन् । समग्रमा दलित समुदायका विद्यार्थीहरुको विद्यार्थीहरुको पढाई तथा सिकाई औषत रहेको उनले बताए । तर कक्षा ९ मा उत्कष्ट विद्यार्थी छन् ।
सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका १ स्थित श्री जनता नमुना माध्यमिक विद्यालय मौवाहीले आफ्नै बलबुतामा शैक्षिक गतिविधिलाई निरन्तरता दिइरहेको छ । विद्यालय आर्थिक रुपमा सशक्त भएकै कारण पठ्नपाठनलाई दुरुस्त बनाइएको छ ।
त्यस विद्यालयमा अध्ययनरत एक हजारभन्दा बढी छात्राछात्रामध्ये दलित समूदायबाट मात्रै ४० प्रतिशत तथाजनजाति समुदायबाट १५ प्रतिशत छ । यस विद्यालयमा समेत दलित विद्यार्थीको सिकाई उपलब्धि औसतमै रहेको सहायक प्रधानाध्यापक पवन कुमार यादवले बताए ।
दलित समूदायको सिकाई उपलब्धि बढाउन नमुना शिक्षकको रुपमा दलित प्रतिनिधित्व तथा ब्यबस्थापन समितिमा दलित समूदायलाई जिम्मेवारी दिनुपर्ने तर्क एकडाराका अधिकारकर्मी विनोद पासवानको छ ।
एकडारा गाउँपालिकामै रहेको माध्यमिक विद्यालय एकडारामा ब्यबस्थापन समिति गठनका लागि अध्यक्षमा उम्मेदवारी दिनेमध्ये २० जनामध्ये दलित समूदायबाट दुईजना मात्र थिए । दलित समूदायलाई ब्यबस्थापन समितिको अध्यक्ष बन्न नदिन अनेक प्रपंच भएपछि अन्नतः छनौट प्रक्रिया नै स्थगित भइसकेको छ ।
दलित समूदायको बाहुल्य रह्ने विद्यालयहरुमा दलित समूदायको शिक्षक नै नरह्ने भएकोले छात्रछात्राप्रति अन्य समूदायका शिक्षकले ध्यान नदिने गरेको आरोप स्थानीयस्तरबाट लाग्ने गरेको छ ।
त्यही शिक्षकहरुले दलित समूदायका छात्रछात्रामा सिकाई अनुपात अन्य समूदायको तुलनामा कम हुने गरेकोले पढाईमै ध्यान दिने नगरेको तर्क गर्ने गर्छन् ।
माध्यमिक विद्यालय एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डलले दलित समूदायका छात्रछात्राको अध्ययन अध्यापनमा सकरात्मक परिवर्तन तथा सिकाई उपलब्धि बढाउन निशुल्क गृहकार्य गराउने कक्षाहरु टोलटोलमा संचालन गर्नुपर्ने तर्क गर्छन ।
विद्यालयमा पढाइएको विषयवस्तुलाई पुनः घरमा पढ्ने वातावरणको अवस्था त्यस समुदायमा नरहेकोले समस्या समाधानका लागि प्रदेश सरकारबाट पहल हुनुपर्ने माग सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवको छ । शैक्षिक अवस्थाको विश्लेषणात्मक अध्ययन हेर्दा प्रदेश २ भौगोलिक रुपमा सुगम भएपनि दुर्गम क्षेत्रमा पर्ने कर्णाली प्रदेशसँग नजिक छ ।
तपाईको प्रतिक्रिया