कुखुरा फर्ममा आगलागी हुँदा ६ लाखको क्षति

समाचार

4/16/2019

मोरङ, ३ बैशाख । कटहरी गाउँपालिका–५ बस्ने राधे कामतको कुखुरा फारममा आगलागी हुँदा लाखौंको धनमाल नष्ट भएको छ ।

सोमबार राति आगलागी हुँदा कुखुराको फर्म, कुखुरा तथा नजिकै रहेको २ वटा परालको कुन्यु समेत जली करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ