कांग्रेसको संशोधन प्रस्ताव अस्वीकार गर्दै प्रदेश ५ को नीति तथा कार्यक्रम पारित

समाचार

5/28/2019

रुपन्देही, १४ जेठ । प्रदेश ५ को नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दिएको संशोधन प्रस्ताव अस्वीकृत गर्दै बहुमतले पारित गरेको छ ।

सोमबार बसेको प्रदेश सभा वैठकले प्रमुख प्रतिपक्षी कांग्रेसले ५ बुँदे संशोधन प्रस्ताव दर्ता गराएको थियो । सो संशोधन प्रस्ताव अस्वीकृत गरेपछि सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

कांग्रेसले नीति तथा कार्यक्रम नै प्रभावकारी नभएको भन्दै बुँदा नं १ देखि १ सय ६७ सम्मका विभिन्न शब्द परिमार्जन गर्नुपर्ने मागसहित ५ बुँदे संशोधन प्रस्ताव दर्ता गराएको थियो ।

कांग्रेसले समग्र नीति तथा कार्यक्रममा राजनीतिक आन्दोलन भनिएकामा २००७ सालदेखि ०६२÷६३ सालको जनआन्दोलनसम्मका विभिन्न आन्दोलन उल्लेख गर्नुपर्ने, संघले प्रदेश सरकारको भूमिका नै कमजोर पार्न खोजेकोमा प्रदेश सरकार निरीह रूपमा प्रस्तुत भएकाले अधिकार लिन अग्रसर हुनुपर्ने, महिला, जनजाति, मधेस, मुस्लिमलगायतका विभिन्न वर्गको हितमा नीति कार्यक्रम नरहेको, खेलकुद विकासबारेमा ठोस रुपमा उल्लेख नभएकोले संशोधन गर्नुपर्ने मागसहित संशोधन प्रस्ताव दर्ता गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ