कांग्रेस कपिलवस्तुद्वारा शुभकामना तथा जलपान कार्यक्रम सम्पन्न

समाचार

11/2/2018

कपिलवस्तु, १६ कार्तिक । नेपाली कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुले वडा दशै दिपावली, छठ नेपाल सम्वत पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार तौलिहवा स्थित आप्नै पार्टी कार्यालय परिसरमा शुभकामना तथा जलपान कार्यक्रम सम्पन्न गरेको जिल्ला सभापति सुरेन्द्रराज आचार्यले बताए ।

सो अवसरमा प्रतिनिधि सभा सदस्य वृजेश कुमार गुप्ता, अभिषेक प्रताप शाह, अतहर कमाल प्रदेश सभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव, सहसराम यादव, रिना विक लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेल लगायत जिल्लाका कार्यालय प्रमुख तथा स्थानीय तहका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै जिल्लास्थित राजनीतिक दलका प्रमुख, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
जिल्लामा एक आपसमा मेलमिलाप तथा एकतका लागि चियापान तथा शुभकामना आदान प्रदान गरिएको जिल्ला सचिव महेन्द्र कुमार पाठकले बताए ।

एक आपसमा शुभकामना आदान प्रदान तथा चियापान गरि कार्यक्रम सम्पन्न गरिएको थियो । सो अवसरमा हजारौ कार्यकर्ताहरुको उपस्थित रहेको नेपाली कांग्रेस कपिलवस्तुले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ