काठमाडौं, १ माघ । उपचारका लागि भारतको नयाँ दिल्ली पुगेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् ।
भेटमा आफूहरूबीच नेपाल– भारत सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको पौडेलले उल्लेख गरेका छन् । सिंह सत्तारूढ भाजपाका पूर्वअध्यक्ष पनि हुन् ।
भेटमा नेपाल र भारतबीचको सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको पौडेलले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् । दुई नेताबीच नेपालको पछिल्लो राजनीतिक अवस्था तथा विश्व राजनीतिका बारेमा छलफल भएको बताइएको छ ।
तपाईको प्रतिक्रिया