काँग्रेस महामन्त्री कोइराला र मुख्यमन्त्री आदित्यनाथबीच भेट

समाचार

2/13/2020

लखनऊ, १ फागुन । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् ।

लखनऊस्थित मुख्यमन्त्रीको कार्यकक्षमा भएको भेटमा योगीले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे चासो व्यक्त गरेका थिए ।

दुवै नेताबीच नेपाल–भारत सम्बन्ध र भविष्यमा धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने बारे छलफल भएको थियो ।

भेटमा सहभागीका अनुसार योगीले आध्यात्मिक पर्यटनलगायतका विषयमा कुराकानी गरेका थिए । उनले धर्मको विषयमा निकै चासो राखेका थिए ।

योगीले पशुपतिनाथदेखि विश्वनाथ, गोखरपुरदेखि गोरखा, दाङदेखि बलरामपुर, मिर्जापुरदेखि पोखरासम्मको धार्मिक तथा ऐतिहासिक सम्बन्धको चर्चा गर्दै धर्मको महत्वबारे व्याख्या गरेका थिए ।

भेटमा काँग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, भारतका लागि नेपालका पूर्व राजदूत दिपकुमार उपाध्याय र काँग्रेसका युवा नेता सन्दीप राना समेत सहभागी थिए ।

उनीहरुले नेपाल र भारतको उत्तर प्रदेशबीचको ऐतिहासिक, धार्मिक र सांस्कृतिक निकटताबारे समेत छलफल गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ