काचन कर्मचारी समाजको सम्मान कार्यक्रम सम्पन्न

समाचार

10/23/2018

सप्तरी, ६ असोज । सप्तरी जिल्लाको वोदे वरसाईन नगरपालिकाको वडा नंं. ८ अन्तर्गत साविकको काचन गा.वि.स. स्थित वहालवला तथा सेवा निवृत सरकारी कर्मचारीहरुको साझा चौतारी काचन कर्मचारी समाज, वोदे वरसाईन न.पा.–८, काचनले २०७५ सालको वडा दशै, तिहार, छठ लगायत चाडपर्वहरुको उपलक्ष्यमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा समाजको विकासमा सहयोग पु¥याउने २१ जना विशेष व्यत्तित्वहरुलाई सम्मान गरेको छ ।

स्थानिय काचन गाँउमा समपन्न उपरोक्त कार्यक्रम वोदे वरसाईन नगरपालिकाका मेयर आतेश कुमार सिंहको प्रमुख आतिथ्यता र समाजका अध्यक्ष शंकर प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल मधेशी निजामती कर्मचारी मञ्चका केन्द्रिय अध्यक्ष भुवनेश्वर चौधरीलाई विशेष अतिथि, आधिकारीक ट्रेड युनियन तथा नेपाल मधेशी निजामती कर्मचारी मञ्च, सप्तरीका अध्यक्ष अजय कुमार झा, वडा ८ का वडाध्यक्ष लक्ष्मी साह, काचनका पुर्व गा.वि.स. अध्यक्ष कर्मैन यादव, डा. शिवजी प्रसाद दास लाई अतिथीको रुपमा आमन्त्रण गरिएको थियो ।

शुभकामना अदान प्रदान तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि मेयर आतेश कुमार सिंहलाई समाजका अध्यक्ष शंकर प्रसाद चौधरीले दोसल्ला ओढाई सम्मान गरेका थिए । त्यसै गरी कार्यक्रममा आमन्त्रित विशेष अतिथि तथा अतिथि गणलाई मेयर सिंहले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

कार्यक्रममा समाज आवद्घ सेवा निवृत २१ जना निजामती, शिक्षा, नेपाल प्रहरी, नेपाली सेनाका पुर्व कर्मचारीहरुलाई सरकारी सेवामा रही देश र जनताको सेवा गर्दै काचन कर्मचारी समाजको गतिविधीमा पु¥याउदै आएको योगदानको कदर गर्दै सुखी र समृद्घ सेवा निवृत जिवनको कामना सहित दोसल्ला ओढाई सम्मान पत्रवाट सम्मानित गरीएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिदै मेयर सिंहले काचन कर्मचारी समाजद्वारा स्वस्फुर्त रुपमा आयोजित उपरोक्त कार्यक्रमले राष्ट्र निर्माणमा कर्मचारीको भुमिका र वहन गर्ने गरेको जिम्मेवारीका वारेमा आफु आज पुर्ण रुपमा जानकार भएको महसुस गरेको वताएका थिए ।

मेयर सिंहले कर्मचारीहरुको आफ्नो समाज र वर्ग उपरको चिन्तन र संवेदनशिलताले आफुलाई नगरको विकास गर्न गराउन थप उर्जा मिलेको वताउदै वोदे वरसाईन नगरपालिकाको विकास यात्रा र समृद्घीको रेखान्कनको लागी समाज आवद्घ सदस्यहरुलाई तयार रहन अनुरोध गर्दै नगरपालिका समाजसँग सहकार्य गर्न तत्पर रहेको हुँदा कर्मचारी समाजको विकासको लागी नगरपालिकाले हर सम्भव सहयोग गर्ने प्रतिवद्घता जनाएका थिए ।

मेयरको उपरोक्त भिजन र प्रतिवद्घता उपर कार्यक्रममा उपस्थित समाजका सदस्यहरु काचन विकासका लागि थप उत्साहित भएका छन् । कार्यक्रममा शुभकामना दिदै मञ्चका केन्द्रिय अध्यक्ष भुवेश्वर चौधरीले काचन कर्मचारी समाजले गरेको सम्मानवाट आफु भावविभोर भएको र काचन कर्मचारी समाजको सदस्य भएकोमा गौरव महसुस गरेको वताउदै कर्मचारीहरुको पेशागत सवाल, समृद्घी, पहिचान र सेवा सर्त सम्वन्धी विषयहरुलाई मञ्च समाजसंग सहकार्य गर्न तयार रहेको बताए ।

आधिकारीक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झाले काचन कर्मचारी समाजको आजको कार्यक्रमले सप्तरीमा कर्मचारीहरुको ट्रेड युनियन मुभमेन्ट र मधेश मिसनलाई थप उर्जा प्रदान गरेकोमा जोड दिएका थिए ।

त्यसै गरी समाजको पहिचान र विकासको लागी आफु सदैव तत्पर रहने प्रतिवद्घता वडाध्यक्ष लक्ष्मी साहले जनाएका थिए । समाजको आमन्त्रणलाई स्वीकार गरी उपस्थित भइ दिएकोमा प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, सम्मानित हुने व्यक्तित्व तथा सर्व सधारणहरुलाई धन्यवाद दिदै सवैको सहकार्य र सुझाव अनुसार नै आफु र आफनो समितिले गतिविधी गर्ने कुरामा समाजका अध्यक्ष शंकर प्रसाद चौधरीले प्रस्ट्याएका थिए ।

शिक्षक सत्यनारायण साहले कार्यक्रममा स्वागत मन्तव्य दिएका थिए भने शिक्षक पंचलाल दासले कार्यक्रम संचालन गरेको जानकारी नेपाल मधेशी निजामती कर्मचारी मञ्चका महासचिव बेचन कुमार महतोले दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ