केजरीवालले फेब्रुअरी १६ मा मुख्यमन्त्रीको सपथ लिने

समाचार

2/12/2020

नयाँदिल्ली । आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको फेब्रुअरी १६ मा सपथ लिने भएका छन् । उनी दिल्लीको तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन् ।

सपथ ग्रहण समारोह रामलिला मैदानमा आयोजना हुनेछ । आपले दिल्ली विधानसभाको चुनावमा दुई तिहाई बहुमतका साथ विजयी भएको हो ।

आपले कूल ७० स्थानमध्ये ६२ स्थान जितेको छ । दोस्रो स्थानमा रहेको भारतीय जनता पार्टीले ८ स्थानमा मात्र विजय हासिल गरेको हो ।

यसअघि सन् २०१५ को चुनावमा आपले ६७ तथा भाजपाले ३ स्थान जितेका थिए । शीला दीक्षितको नेतृत्वमा लगातार तीन पटक चुनाव जितेर सरकारको नेतृत्व गरेको भारतीय राष्ट्रिय काँग्रेसले पछिल्ला दुबै चुनावमा खाता समेत खोल्न सकेन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ