कैलाली र कञ्चनपुरका १९ कैदी जेलमुक्त

समाचार

2/21/2020

काठमाडौं, ९ फागुन । प्रजातन्त्र दिवसको अवसरमा कैलाली कारगारबाट ४ जना र कञ्चनपुर कारागारबाट १५ जना गरी १९ जना कैदी जेलमुक्त भएका छन् । 

असल चालचलन, आचरण सुधार र ५० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई आज रिहा गरिएको प्रहरीले जनाएको छ । कैलाली कारगारका जेलर विरेन्द्र बोहराका अनुसार कैदमुक्त हुनेमा तीन जना कर्तव्य ज्यान मुद्दा र एकजना ठगी मुद्दाका हुन् । 

त्यसैगरी कारागार शाखा कञ्चनपुरबाट कैदमुक्त हुनेहरुमा अधिकांस कर्तव्य ज्यान मुद्दाका रहेको कारागार शाखाका प्रमुख श्यामराज भट्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ