कुटाईबाट महिला गम्भीर घाइते

समाचार

11/18/2018

कपिलवस्तु, १ मंसिर । महाराजगंज नगरपालिका– ८ सिग्राहामा छिमेकीको कुटाईबाट ३५ वर्षीया मुन्नुदेवी कहार गम्भीर घाइते भएकी छिन् ।

बाणगंगा नदीबाट पम्पसेटले तोरी खेतमा सिचाई गर्नेक्रममा बिवाद भए पछि स्थानीय झकुरी भन्ने राजेश कहार र उनका बुवा चिन्कु कहारले मुन्नुदेबीलाई निर्धात कुटेका थिए । दुबैले लठ्ठील हिर्काउदा मुन्नुको पटेको किनार र तिर्घाका गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।

पम्पसेटले सिचाई गर्दा राजेशले मोटरसाईलले पाईप फुटाए पछि भनाभन पछि बिवाद भएको मुन्नुका श्रीमान बेचनले बताए । पाईप फुटाए पछि भएको बिवाद गाउलेहरु मिलेर समाधान गरिएको थियो ।

तर आधा घन्टा पछि राजेश र उनका बुवा चिन्नु आएर आफनो श्रीमतिलाई लठ्ठीले निर्घात कुटेको उनले गुनासो गरे । घाईते मुन्नु देबीको तौलिहवा अस्पतालमा उपचार भईरहेको छ ।

प्रहरीले गरेको घटनाको अनुसंधान भईरहेको प्रहरीले जनाएको छ । सामान्य विवादमा कुटपिट गर्दा उनी घाइते भएपछि स्थानीय महिलाहरु आक्रोसित भएका छन् । महिलामाथि यस्तो कार्य गर्नेलाई कडा कारवाही गर्न महिलाहरुले स्थानीय प्रशासनमा आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ