कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्न सरकारलाई आग्रह

समाचार

12/23/2019

काठमाडौं, ७ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले नेपाल–भारत सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न सरकारलाई आग्रह गरेको छ ।

स्थायी कमिटी बैठकले महाकालीको मूल लिम्पियाभुरा रहेको, लिम्पियाधुरासहित कालापानी र लिपुलेकसमेत नेपालको भूभाग रहेको ठहर गरेको जनाइएको छ ।

साथै कूटनीतिक माध्यमबाट यो समस्यालाई राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डताको पक्षमा छिटो समाधान गर्न जोड्दार अपिल गर्ने निर्णय गरेको हो ।

यस विषयमा प्रमुख प्रतिपक्षी पार्टी काँग्रेसलगायत अन्य पार्टी, सामाजिक शक्ति, नागरिक समाज र आमजनताले अभूतपूर्व तरिकाले गरेको एकताको प्रदर्शनलाई बैठकले धन्यवाद पनि दिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ