नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), ६ कार्तिक । नवलपरासी पाल्हीनन्दन गाउँपालिका–१ बस्ने ३५ बर्षीय गणेश मल्हाको कुटपिटबाट मंगलबार मृत्यु भएको छ ।
प्रतापपुर गाउँपालिका४ बर्दघाटस्थित सडकमा युपि ५६ एफ ९९५९ नम्बरको भारतीय मोटरसाइकलमा सवार मल्हा र सोही गाउँपालिका बस्ने ३५ बर्षीय नरपतेश्वर चौहानलाई सोही स्थान बस्ने १७ बर्षीय दिलिप यादब लगायत ५र६ जना ब्यक्तिहरुले कुटपिट गर्दा गम्भीर घाइते भएका चालक मल्हाको जिल्ला अस्पताल पृथ्वीचन्द्र परासीमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते चौहानको सोही अस्पतालमा उपचार भइरहेको छ ।
कुटपिट गरी फरार भएका अभियुक्तहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया