कुटपिट गरेको अभियोगमा महतो पक्राउ

समाचार

3/25/2019

धनुषा, ११ चैत । कुटपटिमा संलग्न रहेका शहिदनगर नगरपालिका–३ यदुकुहा बस्ने रामदेव महतोलाई आइतबार राति ईलाका प्रहरी कार्यालय यदुकुहा, धनुषाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

सोही स्थानमा एक कार्यक्रममा भोज खाने क्रममा मादक पदार्थ सेवन गरी आएका महतोले सोही स्थान बस्ने ३२ वर्षीय प्रमोद ठाकुरलाई भोजको विषयलाई लिएर कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका ठाकुरलाई स्थानिय मेडिकलमा प्रारम्भिक उपचार पश्चात थप उपचारको लागि विराटनगर न्युरो अस्पताल, विराटनगरतर्फ पठाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ