कुटपिट गरी लुटपाट, तीन अभियुक्त पक्राउ

समाचार

4/16/2019

धनुषा, ३ वैशाख । जनकपुर उपमहानगरपालिका–१५ बस्ने ३५ वर्षीय ईन्रे्रशकुमार सिंह समेत ४ जनाको साथमा रहेको मोबाईल तथा सुनको सिक्री समेत लुटपाट भएको छ ।

जनकपुर उपमहानगरपालिका १५ स्थित ज.७ प ५६२ र ज.१० प २०९५ नम्बरको मोटरसाइकलमा आएका ४÷५ जनाको समूहले पुरानो रिसईवीको कारण सोमबार राति उनीहरुलाई कुटपिट गरी घाइते बनाई साथमा रहेको उक्त सामान लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी हनुमाननगरबाट खटिएको प्रहरीले घटनामा संलग्न सोही ठाउँ बस्ने ३४ वर्षीय मो.नारिस राईन समेत ३ जनालाई पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ