कपिलवस्तु, ९ चैत । शिबराज नगरपालिका–४ चनई बस्ने २५ वर्षीय रिजवान अलि मियालाई नल कटुवा पेस्तोल १ थान र खाली म्याग्जिन १ थान सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा हातहतियार लुकाई छिपाई राखेको छ भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया