कटुवा पेस्तोलसहित पक्राउ

समाचार

3/4/2019

कपिलवस्तु, १६ फागुन । कृष्णनगर नगरपालिका–१ डबारा चोकबाट सोही नगरपालिका–९ बहादुरगंज बस्ने २९ वर्षीयबजरङगी कुर्मीलाई कटुवा पेस्तोल १ थान र खोका १ थान सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ