‘काठमाडौंका सैलुन व्यवसायीहरु होशियार’

समाचार

6/3/2019

काठमाडौं, २० जेठ । नेपाल नाई ट्रेड युनियनले काठमाडौंका सैलुन व्यवसायीहरुलाई सचेत भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।

नाई ट्रेड युनियनका केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले सोमबार सामाजिक सञ्जालमार्फत् यस्तो आग्रह गरेका छन् ।

उनले पसलमा कुनै अपरिचित व्यक्तिले झोला वा शंकास्पष्ट सरसामान ल्याएमा राख्न नदिन आग्रह गरेका हुन् ।

गत सोमबार विप्लव नेतृत्वको पार्टीले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा विप्लवका कार्यकर्ताहरु बम ल्याएर सैलुनमा राख्दा भएको विस्फोटमा सैलुन व्यवसायी जीव ठाकुर घाइते भएका थिए ।

६/७ जना अपरिचित व्यक्तिको समूह सैलुनमा आई आफै पानीको स्प्रे छरी कपाल मिलाउने क्रममा सो विस्फोट हुँदा सो समूहका दुई जनाको घटनास्थलमै मृत्यु भएको र ठाकुरसहित अन्य घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ