काठमाडौं, २२ बैशाख । काठमाडौंमा फेरि एक मधेशीमाथि कुटपिट भएको छ । मंगलबार राति रौतहटका अमरुल मियाँ कुटिएका छन् ।
लगनखेलबाट धापाखेल जाने बसका सहचालकले सामान्य भनाभन हुँदा अमरूलमाथि निर्घात कुटपिट गरेका छन् । हालसम्म कुट्ने सहचालक र बस पत्ता लाग्न सकेको छैन ।
कुटपिटबाट अमरुलको मुख र टाउको फुटेको आफन्तले जनाएका छन् । घटनाबारे पीडितले प्रहरीलाई जानकारी गराएका छन् ।
काठमाडौंमा केहि दिन अगाडी पनि एक मधेशी व्यवसायीमाथि निर्घात कुटपिट भएको थियो । सो घटनालाई लिएर राष्ट्रिय जनता पार्टी नेपालले संघीय संसदको पनि ध्यानाकर्षण गराएको थियो ।
तपाईको प्रतिक्रिया