सर्लाही, ११ चैत । कौडेना गाउँपालिका–७ सक्ररौल खोला नजिक नहरमा ज.१ त२०७४ नम्बरको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
सोमबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक सोही गाउँपालिका–६ पर्सा टोल बस्ने ३४ वर्षीय सौगारत मण्डलको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा गम्भीर घाइते भएका ट्याक्टरमा सवार सोही गाउँपालिका–७ सक्ररौल बस्ने ३५ वर्षीय राजेश मुखियालाई उपचारको लागि मलगंवातर्फ पठाइएको छ ।
तपाईको प्रतिक्रिया