कतारमा मधेशी मिलन समारोह सम्पन्न

समाचार

1/26/2020

काठमाडौं, १३ माघ । विश्वभरि छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कतारको आयोजनामा मधेशी मिलन समारोह सम्पन्न भएको छ ।

नयाँ वर्ष र माघे सङ्क्रान्तिको अवसरमा एनआरएमए कतारले मधेशी मिलन समारोहसहित वनभोज कार्यक्रम गरेको हो ।

२४ जनवरी २०२० शुक्रवारको दिन उम सलाल अली गार्डेन (रिसोर्ट) कतारमा कार्यक्रमको आयोजित समारोहमा कतारभरी बाट करिब १५०० सयभन्दा बढी मधेशीहरुले सहभागिता जनाएका थिए ।

कार्यक्रमको सुरुमै माघे सङ्क्रान्तिको विशेष तिलको लाई तथा विभिन्न पकवानहरुको व्यवस्था गरिएको थियो । कार्यक्रम का संचालन उद्घोषक दिवाकर कुमार झा र बीरेंद्र गोइतले गरेका थियो र सुरुमा सहीदप्रति श्रद्धांजलि दिइएको थियो ।

कार्यक्रममा जितेन्द्र कुमार महतो, शिव कुमार पाल, विजय कुमार यादव, संजय कुमार साह, सरोज प्रसाद साह, जितेन्द्र कुमार यादव, जगत लाल मण्डल, राम नंदन गुप्ता, हरि नारायण मंडल, सरोजकुमार साह, राम नारायण मंडल, राजकुमार मण्डल, राम हिर्दय यादव, वीरेन्द्र कुमार साह, बिनोद कुमार महतो, इंद्रजित मंडल, राम जुलुम साह, सरफराज हुसेन, बीना राई, सुरेन्द्र नारायण यादव र शम्भू नाथ साहले आफ्नो मन्त्वय राखेका थिए ।

समारोहमा कतारमा रहेका विभिन्न मधेशी संघ संस्थाका प्रतिनिधि तथा बुद्धिजीवी र साहित्यकारहरुको समेत सहभागीता थियो। कार्यक्रममा मधेशको सांस्कृतिक कार्यक्रम, गीत, कविता र विभिन्न साहित्यहरु प्रस्तुत गरिएको थियो ।

चित्रकला, म्यूजिकल चेयर प्रतिस्पर्धामा भाग लिएकाहरुले मध्ये रोहित साह, साधना ठाकुर, नित्यान्त यादव र आरोही ठाकुर विजयी भएका थियो।

बाल कलाकारहरू नृत्य साधना ठाकुर, आरोही ठाकुर निहारीका राय,अस्मिता साह, सहाया यादव, वर्षा यादव र रेखाचित्र प्रतियोगितामा सान्वी साह, सहाय यादव र निहारीका राय सहभागी भएका थियो। वर्णमाला देशहरू लेखन प्रतिस्पर्धामा सहया यादव, अस्मिता साह, निहारीका राय रहेका थिए।

चित्रकला, म्यूजिकल चेयर, नृत्य र रेखाचित्र प्रतियोगितामा ललिता कुमारी यादव र सरोज प्रसाद साहले सहयोग तथा समन्वय गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ