केन्द्र सरकारको विरोधमा विद्यार्थीहरुको प्रदर्शन

समाचार

3/31/2019

रौतहट, १६ चैत । चैत्र १० गतेदेखि देशभरि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षाको विज्ञानपछि सामाजिक विषयको प्रश्नपत्र आउट भएको कारण प्रदेश २ मा परीक्षा रद्द गरिएको विरोधमा रौतहटको सदरमुकाम गौरमा विद्यार्थीहरुले संघीय सरकार र स्थानीय प्रसाशनको विरुद्ध प्रदर्शन गरेका छन् ।

परीक्षा केन्द्रमा परीक्षा दिन विहान पुगेका परीक्षार्थीहरु सामाजिक शिक्षा विषयको परीक्षा रद्द भएको सुनेपछि आक्रोशित विद्यार्थीहरुले केन्द्र सरकारको षड्यन्त्र भएको भन्दै सडक जाम गरी प्रर्दशन गरेका छन् ।

दर्जनौंको संख्यामा रहेको विद्यार्थीहरुले प्रधानमन्त्री, शिक्षामन्त्री तथा प्रमुख जिल्ला अधिकारीको विरोधमा चर्को नारावाजी समेत गरेका छन् । गौरको मधेशी क्रान्ति चौकमा टायर बालेर प्रदर्शन गर्दै गरेका विद्यार्थी माथि प्रहरीले सामान्य बल प्रयोग गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी सहितका सुरक्षा निकायका प्रमुख सवार भएको गाडी रोकेर विद्यार्थीहरुले सडयंत्र पूर्वक प्रश्न पत्र आउट गरिएकोले संघीय सरकारका शिक्षा मंत्रीले तुरुन्तै राजीनामा दिनु पर्ने, गहन रुपमा छानविन गरिनु पर्ने जस्ता मांग गर्दै प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरुले टायर बालेर बाटो अबरोध गर्न खोज्दा प्रहरीले बालिएको आगे बुझाउन जाँदा सामान्य धक्ला धकली भएको थियो । संघीय समाजवादी फोरम नेपाल निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी फोरम र राजपा नेपाल निकट विद्यार्थी संगठनमा आवद्ध रहेको विद्यार्थीहरुले प्रदर्शनमा उत्रेको थियो ।

समाजवादी विद्यार्थी फोरमको केन्द्रीय सचिवालय सदस्य प्रकाश भाई मधेशियाले केन्द्रीय सरकारको प्रतिनिधिले नै प्रदेश २ लाई बदनाम गराउने नियतले प्रश्न पत्र आउट गरेको दावी गरेका छन् । उनले भने प्रश्न पत्र प्रहरीको कडा निगरानीमा राखिन्छन् त्यस भित्रबाट रातिको १२ बजेमा नै आउट हुनु दोषी प्रहरी प्रसाशन रहेको छ ।

परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनु ४५ मिनट अगाडी सुरक्षाकर्मीहरु उत्तरपुस्तिका र प्रश्न पत्र लिएर पुग्ने गर्छ र गिन्ती गरी केन्द्राध्यक्षको जिम्मा लगाउने गरेकोले प्रश्नपत्र आउट हुनु यसको जिम्मेवार केन्द्र सरकार रहेको विद्यार्थी नेता मधेशियाले आरोप लगाए ।

प्रदेश सरकारको मातहतमा प्रहरी प्रसाशन नरहेकोले दोषी संघीय सरकार रहेको हुदा नैतिकताको आधारमा शिक्षा मंत्रीले राजीनामा दिनु पर्ने धरना राखे । विद्यार्थी नेता प्रकाशले संघीयता विरोधी संघीय सरकारले प्रदेश २ लाइ बदनाम गरी संघीयता धरापमा पर्ने योजना अनुरूप यस्तो घृणित कार्य गरेको ठोकूवा गरे । उनले यसको निष्पक्ष रुपमा छानविन हुनु पर्ने जोड़दार मांग गरेका छन् ।

संघीय समाजवादी फोरम नेपाल गौर नगर कार्य समितिको संयोजक अमरूल हकÞले लाखौ विद्यार्थीको जीवनसँग खेलवाड़ गर्ने उद्देश्यले प्रश्न पत्र आउट गर्नु कार्य निन्दनीय रहेको भन्दै घोर भत्सर्ना गरेका छन । उनले यो कार्य संघीय सरकारका कर्मचारीहरुले नै गरेको ठोकूवा गरे ।

प्रश्न पत्र आउट गरी विद्याथीहरुलाई बाटोमा उतार्ने कुचेस्टा गरी संघीयता समाप्त पर्ने प्रधानमंत्री केपी शर्मा ओली र शिक्षा तथा विज्ञानं प्राविधि मंत्री गिरिराज मणि पोखरेलको चल रहेको दावी गरे । नगर संयोजकले विद्यार्थीको १० वर्षे मिहनेत बर्वाद गर्ने कार्यमा संलग्नलाइ कÞानूनी दयारामा ल्याउन मांग गरे ।

लगातार दुई विषयको परीक्षा रद्द भएपछि विद्यार्थीहरुमाथि यसको नकारात्मक मानसिक प्रभाव समेत परेका छन् । हौसला बुलंद गरी परीक्षा दिदै आएका परीक्षार्थीहरु परीक्षा हुनु अगावै प्रश्न पत्र लिकको कारण हतोत्साहित भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ