कानुन विपरीत कार्य गर्ने जो कोहीलाई कार्यवाही गर्छु : प्रजिअ पौडयाल

समाचार

2/24/2019

रौतहट, ११ फागुन । रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडयालले कानुन विपरित कार्य गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याउने बताएका छन् ।

संचारकर्मीहरुसँग कुराकानी गर्दै प्रजिअ पौडयालले कानुनको पालना, शान्ति सुरक्षा कायम र नागरिकको रक्षा गर्ने दायित्व प्रमुख जिल्ला अधिकारीको भएको बताए ।

मानव अधिकारको रक्षा, कानुनको कार्यान्वयन, पिडितको न्याय दिलाउने कार्यमा तटस्थ रहेको जिकिर गर्दै नाकारात्मक पत्रकारिताले पिडित भएको गुनासो गरे ।

प्रजिअ पौडयालले भने भएको यर्थात कुरालाई जनता समक्ष पुरयाउनु पर्ने प्रमुख दायित्व मिडियाले निर्वाह गर्नुपर्ने सुझाव दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ