भन्सार छलेर ल्याइएको कपडा बरामद 

समाचार

4/21/2019

 कपिलवस्तु, ८ वैशाख । नेपाल प्रहरीले भन्सार छली गरी ल्याइएका कपडा बरामद गरेको छ । शिवराज नगरपालिका–५ समिति चोकमा भारतबाट अवैध रुपमा भन्सार छलि ल्याइएको करिब १ लाख २५ हजार ८ सय रुपैयाँ मूल्य बराबरको कपडा शनिबार राति प्रहरीले बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ कपडा ल्याउने अपरिचित व्यक्तिहरुले उक्त कपडाहरु छाडी फरार भएपश्चात प्रहरीले उक्त कपडा बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ