कपिलवस्तुको यशोधरा–७ बालविवाहमुक्त वडा घोषणा

समाचार

12/29/2019

कपिलवस्तु, १३ पुस । यशोधरा गाउँपालिका वडा नं. ७ साविकको सोमडिह गाविसलाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । बालविवाहमुक्त घोषणा सभामा वडा अध्यक्ष चन्द्र प्रकाश दुबेले प्रतिवेदन पढेर घोषणा गरेका छन् ।

वडामा ३ वर्षदेखिको बालविवाह विरुद्ध अभियान चलाइएकोमा हाल आएर सार्थकता पाएको उनले बताए । लामो तयारी पछि बालविवाह मुक्त घोषणा गरिएको हो ।

कार्यक्रममा स्थानीय विद्यार्थीदेखि महिला, पुरुष, स्थानीय अगुवा र जनप्रतिनिधिको उपस्थिति थियो । उनीहरूले कानुन विपरीत विवाह हुन नदिने प्रतिबद्धता गरे । उमेर पुगेर मात्र विवाह गराउनेमा सहमत भए । अधिकांशले हस्ताक्षर गरेर सहमति जनाए । सरकारले तयार गरेको बालविवाह मुक्त सूचकाङ्क पूरा गरेपछि औपचारिकता दिएको वडा अध्यक्ष दुबेले बताएका छन ।वडामा २०७३ मंसिर देखि २०७४ कार्तिक सम्मा ७७ विवाह भएको थियो ।

जसमा २५ वटा बालविवह भएको थियो । त्यस्तै २०७४ मंसिर देखि २७५ कार्तिक सम्ममा ७२ विवाह भएकोमा १८ वटा बाल विवाह भएकोे थियो ।

२०७५ मंसिर देखि २०७६ कार्तिक सम्मा ७७ विवाह भएकोमा ९ वटा बालविवाह भएको छ । लगातार बालविवाह कम हुदै जाँदा सबैको प्रतिबद्धाता अनुसार नै बाल विवाह मुक्त वडा घोषण गरिएको छ ।

सचेतना अन्य वडामा पनि बढाएर पूरै गाउंपालिकालाई वालविवाहमुक्त बनाउने यशोधरा गाउँपालिका अध्यक्ष गिरिजेश कुमार पाण्डेयले बताए । पाण्डेयले बालमैत्री गाउँपालिकाको अभियानमा सबैले लाग्नु पर्ने पनि बताएका छन् ।

साथै पाण्डेयले गाउंपालिकालाई वालमैत्री गाउंपालिका वनाउनको लागी अभियान थालनी गरिएको समेत बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख नारायाण खनालले गाउँपालिकालाई नै बालविवाह मुक्त घोषण गर्नको लागि गाउँपालिका नै लाग्नु पर्ने बताएका छन् । कपिलवस्तुमा विस्तारै अन्य पालिका र वडाहरुमा पनि अभियानले निरन्तरता पाएको खनालले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ