कपिलवस्तुमा आगलागीबाट साढे छ लाखको क्षति

समाचार

12/18/2018

कपिलवस्तु, २ पुस । कपिलवस्तु नगरपालिका–१२ बेलभरीया बस्ने गुजु गद्धीको कच्ची घरगोठमा आगो बाली मौरी धपाउने क्रममा आइतबार दिउसो आगलागी हुँदा ९ चौपाय, नगद १ लख ५० हजार रुपैयाँ, खाद्यान्न, भाँडाबर्तन,लत्ताकपडा समेत जलेर करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ