कपिलवस्तुमा बसको ठक्करबाट रिक्सा चालकको मृत्यु

समाचार

10/1/2018

कपिलवस्तु, १५ असोज । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको बस पार्कमा बसले ठक्कर दिँदा एक जना रिक्सा चालकको घटनास्थलमै मृत्य भएको छ ।

सोमबार बिहान बस पार्कबाट बा. ३ ख. ३४४९ नं. को बसले आफ्नो बसलाई ब्याक गर्ने क्रममा बसपार्कको छेउमा रहेको दुर्गा मान्दिरनिर बसेको रिक्सा चालक कृष्णनगर नगरपालिका वडा नं. १ सेमरा बस्ने वर्ष ४२ को सुरेश रैदासको मृत्यु भएको हो ।

मृतकलाई पोस्टमार्टमका लागि शिवराज अस्पताल बहादूरगंजमा पठाइएको छ । बस चालक फरार भएको तर बसलाई भने नियन्त्रणमा लिइएको ई.प्र.का.निरीक्षक सूर्य बोगटीले बताएका छन् ।

यो घटना घटै लगात्तै कृष्णनगरमा दोषीलाई सजाय र पीडित पक्षलाई छिटोभन्दा छिटो न्याय दिलाउन माग गर्दै समाजसेवी तथा युवा नेता अकरम पठान लगायत स्थानीयबासीहरुले चार घन्टासम्म कृष्णनगर बन्द गरेका थिए ।

बन्दपश्चात पीडित पक्षलाई रु ५,३०,०००÷– (पाँच लाख तीस हजार रुपैयाँ) मृतकका परिवारलाई दिलाइएको युवा नेता अकरम पठानले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ