कपिलवस्तुमा ‘लालटिनको उज्यालोमा कृति’को समीक्षा

समाचार

12/10/2019

कपिलवस्तु, २४ मंसिर । कपिलवस्तु जिल्लाको चन्द्रौटामा लालटिनको उज्यालोमा कृति समीक्षा सम्पन्न भएको छ । सर्वसमाज उत्थान मञ्च कृष्णनगर कपिलवस्तुको आयोजनामा कृति समीक्षा भएको हो ।

कार्यक्रमका प्रमुख अथिति प्रदेशसभा सदस्य अर्जुन कुमार केसीले समाजमा संघर्ष गर्ने नारीलाई हौसला प्रदान गर्ने संदेशका लागि लालटिनको उज्यालोमा भन्ने कृति लेखिएको बताए ।

समाजमा महिलाले गरेको संघर्षलाई व्याख्या गरेर नपुग्ने, आम नारीका भोगाइका पीडा साहित्यिक रुपमा बाहिर उठाएर समाज परिवर्तन गर्न सकिने बताए ।

कार्यक्रममा लालटिनको उज्यालोमा कृति लेखक सरस्वति ज्ञवालीले आफूले लेखेको कृति आफ्नो जीवनको भोगाई घटना मात्र नभएर समाजका आम महिलाहरुको घटनाको चित्रण गरेको बताइन् ।

घरपरिवारको काम जिम्मेवारी समाल्दै राजनीतिक संघर्षबाट लालटिनको उज्यालोमा कृतिसम्म आउन सफल भएको बताइन् । समाजमा भएका कुरालाई साहित्यिक कृतिबाट समाजलाई सकारात्मक बाटोमा डोराउने आँखाको ऐना भएको बताइन् ।

समाजमा महिला पुरुष समान हुनु पर्ने महिलाहरु समाजका एउटा खम्बा भएको बताइन् । कार्यक्रममा, नेकपा सचिवालय सदस्य लंक बहादुर हमाल, राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सचिव रविदक्त मिश्र, समाजबादी पार्टीका केन्द्रीय सदस्य अकरम खान, व्यपार संघ कपिलबस्तुका महासचिव जगत पौडेल, वडा नं. ५ का वडा अध्यक्ष अर्जुन पान्डे, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि तगायतको उपस्थितिमा लालटिनको उज्यालोमा कृति समीक्षा गरिएको थियो ।

कृति समीक्षा प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, ह्रास शर्मा, ऋषि केशव भारद्वाजले गरेका थिए ।

कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य लंक हमाल, प्रदेश सभा सदस्य अर्जुन कुमार केसिको प्रमुख अथित्यतामा, व्यापार संघ कपिलवस्तुका महासचिव जगत पौडेलको स्वागत मन्तव्यमा सर्वसमाज उत्थान मञ्च कृष्णनगरका उपाअध्यक्ष मिर्जा असरद वेगको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रम संचालन दलित मानव अधिकार निगरानि समिति अध्यक्ष मिना परियारले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ